अबका सबै प्रयास स्वस्थ तथा सीपयुक्त नागरिक र सामाजिक सुरक्षातर्फ केन्द्रित हुनेछ : प्रधानमन्त्री [भिडिओसहित]



१९ वैशाख २०७७, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भएको बताएका छन् ।

शुक्रबार (आज) अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा एक भिडिओ सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सरकारले यो अवस्था आउन नदिने जिकिर गरे ।

श्रमिक दिवसको अवसरमा ओलीले दिएका शुभकामना सन्देशमा अबका सबै प्रयास स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम र सामाजिक सुरक्षातर्फ केन्द्रित हुने बताइएको छ ।

कोभिड १९ (कोरोना भाइरस) महामारी विरुद्धको लडाइँमा एक हुँदै श्रमिकको रोजगारी, आय र सामाजिक सुरक्षा सुनिश्चित गर्ने दिशातर्फ सम्पूर्ण प्रयास केन्द्रित हुने उनको भनाइ छ ।

सबैभन्दा पहिले टुटेको उत्पादन सम्बन्धको कडीलाई जोड्ने र अवरुद्ध उत्पादन प्रणालीलाई पुनः शुरु गरिने पनि उनले बताएका छन् ।

प्रधानमन्त्री ओलीले घरमुलीले अनिकालमा पनि परिवारलाई भोकै नराख्ने उल्लेख गर्दै आफू नेतृत्वको सरकारले भ्याएसम्म सुविधाको जोगावट गर्ने बताएका छन् ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्