‘श्रमिक वर्गलाई केन्द्रमा राखेर आगामी नीति तथा कार्यक्रम ल्याऔं’



१९ वैशाख २०७७, काठमाडौं

उपराष्ट्रपति नन्दबहादुर पुनले श्रमिक वर्गलाई केन्द्रमा राखेर आगामी नीति तथा कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार [आज] श्रमिक दिवसको शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति पुनले कोरोनाका कारण श्रमिकको दैनिकी कठिन बनेकोले उचित ध्यान दिनु पर्नेमा जोड दिएका हुन् ।

श्रमिक मजदूरहरुको हकहितका लागि भएका संवैधानिक व्यवस्थाको कार्यान्वयनलाई यतिबेला अझै प्रभावकारी बनाउनु पर्ने उनको भनाइ छ ।

उपराष्ट्रपति पुनले कोरोनाले अन्तर्राष्ट्रिय श्रम बजारमा रहेका नेपालीले पनि रोजगारी गुमाउन सक्ने भएकोले त्यसबाट उत्पन्न हुने बेरोजगारी र देशको अर्थतन्त्रमा पर्ने प्रभावबारे ध्यान दिइ तयारी गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्