
१८ वैशाख २०७७, काठमाडौं
रोल्पामा बम विस्फोट हुँदा चार बालबालिकाको मृत्यु भएको छ ।
प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरुङका अनुसार जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँमा बुधबार (हिजो) बेलुका बालबालिकाले नचिनेर पुरानो बम खेलाउने क्रममा विस्फोट भएको हो ।
‘टुइञ्च मोटर जस्तो बम विस्फोट भएको छ । अर्को विस्फोट भएको छैन र त्यसमा परेर चार जना बालबालिकाको मृत्यु भएको छ ।’ डिएसपी गुरुङले भने ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
|फाइल तस्वीर|





