नेकपा सोताङ गाउँ कमिटीद्वारा विपत् कोषमा रकम जम्मा



१८ वैशाख २०७७, सोलुखुम्बु/जेपी थुलुङ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सोताङ गाउँ कमिटीले सोताङ गाउँपालिकाको विपत् व्यवस्थापन कोषमा सहयोग रकम हस्तान्तरण गरेको छ ।

विश्व नै आतंकित बनाइरहेको कोभिड १९ (कोराना भाइरस)को कारणले देश बन्दाबन्दी (कलडाउन्) रहेको बेला दैनिक ज्याला मजदूरी गर्ने दयनीय अवस्थाका परिवारहरुलाई राहत उपलब्ध गराउने हेतुले एकद्वार प्रणालीमार्फÞत् वितरण गर्ने नेपाल सरकारको निर्णयअनुसार नेकपा सोताङले विपत् व्यवस्थापन कोषमा सहयोग रकम हस्तान्तरण गरेको हो ।

गाउँपालिकालाई हस्तान्तरित भौचर

सोताङ गाउँपालिकाको कार्यालयमा बिहीबार (आज) एक कार्याक्रमबीच नेकपाले विपत् व्यवस्थापन कोषमा जम्मा गरेको रकमको भौचर गाउँपालिकालाई हस्तान्तरण गरेको नेकपा सोताङले जनाएको छ ।

नेकपा सोताङ गाउँ कमिटीका अध्यक्ष प्रकाश कार्कीले गाउँपालिका अध्यक्ष वीरबहादुर राईलाई २ लाख २५ हजार ५ सय रुपैयाँ बराबरको जम्मा गरेको भौचर हस्तन्तरण गरेका हुन् ।

भौचर हस्तान्तरण गर्दै नेकपा सोताङ गाउँ कमिटी अध्यक्ष कार्कीले पार्टीले गरेको सहयोग र वितरण गर्ने राहत वास्तविक पीडितको समस्या समाधान हुने गरी वितरण गर्न गाउँपालिकालाई सुझाव दिए ।

कार्यक्रममा सहभागीहरु

अध्यक्ष कार्कीले विपत्सँग जुध्न नेकपा निरन्तर नागरिककै साथमा रहेको बताउँदै पालिकाभित्रका कुनै पनि नागरिकलाई समस्या परेमा पार्टीले भरपुर सहयोग गर्ने बताए ।

यस्तै सहयोग रकमको भौचर ग्रहण गर्दै गाउँपालिका अध्यक्ष वीरबहादुर राईले विपत्को बेलामा नेकपाले गरेको सहयोगको प्रसंशा गरे ।

अध्यक्ष राईले नागरिकको रोक र भोकको सुरक्षाका निम्ति पालिका गम्भीर रहेको भन्दै वास्तविक पीडितको पहिचान गरी आवश्यक राहत वितरण गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्