दैनिक गुजारा गर्न गाह्रो हुनेहरुलाई कामपा १५ मा निःशुल्क खाना



१८ बैशाख २०७७, काठमाडौं

काठमाडौं महानगरपालिका वडा नं. १५ को आयोजना तथा मनाङबासी, तिलेचो खाङ्सार सेवा समिति र निस्याङ मनाङ वोमेन सोसाइटी, बुद्धपार्क तथा जर्मनक्वाटरको संयोजनमा लकडाउनका कारण दैनिक गुजारा गर्न गाह्रो भएकाहरुलाई निःशुल्क रुपमा खाना वितरण गरिएको छ ।

प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ, कामपा १५ का वडा अध्यक्ष एवम् प्रवक्ता ईश्वरमान डंगोल, वडा सदस्यहरु निमा लामा, आनन्द राम गौतम, मैयाँ लक्ष्मी महर्जन, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाल लगायत स्वयंसेवकहरु सहितको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।

साथै कामपा १५ कै भुइखेल र चमतिमा खाना खुवाउने कार्य पनि निरन्तर चलिरहेको जानकारी समेत गराईएको छ ।

प्रतिक्रिया दिनुहोस्