सोलुका स्थानीय तहद्वारा पाँच दिनमा ४५ सयभन्दा बढीको उद्धार



१८ वैशाख २०७७, काठमाडौं

लकडाउनमा विभिन्‍न ठाउँमा अलपत्र परेका चार हजार ५०० भन्दा बढीलाई लाई उद्धार गरिएको छ ।

थुलुङ दुधकोशी गाउँपालिकाले सबैभन्दा धेरै एक हजार १९८ जना र सबैभन्दा कम सोताङ गाउँपालिकाले २९९ जनाको उद्धार गरेको छ । थुलुङ दुधकोशी गाउँपालिकाले काठमाडौंमा अलपत्र परेकाहरूलाई गाउँसम्म ल्याएको प्रमुख प्रशासकीय अधिकृत अविलाल राईले जानकारी दिए ।

यस्तै सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पा र उपमेयर कल्पना राईसमेत काठमाडौं पुगेर ७९९ जनाको उद्धार गरेको नगरप्रवक्ता सारदामाया तामाङले बताइन् ।

नेचासल्यानले काठमाडौंबाट ५९६ जनाको उद्धार गरेको गाउँपालिकाका अध्यक्ष डुफकुमार बाँस्तोलाले बताएका छन् । माप्यदूधकोशी गाउँपालिकाले ५७० जनाको उद्धार गरेको गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले जानकारी बताए ।

महाकुलुङले ४७६ जनाको उद्धार गरेको छ भने खुम्बु पासाङ ल्हामु गाउँपालिकाले ३२० जना र लिखु पिके गाउँपालिकाले करीब ३०० जनाको उद्धार गरेको सम्बन्धित गाउँपालिकाले जनाएका छन् ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्