अमेरिकाको अर्थतन्त्रमा गम्भीर ‘कोभिड १९’ असर : पहिलो त्रैमासिकमा ४.८ प्रतिशतको गिरावट



१८ वैशाख २०७७, काठमाडौं

अमेरिकी अर्थतन्त्र पछिल्लो एक दशक भन्दा बढी समयमा सबैभन्दा जोखिममा आएको छ ।

कोभिड १९ (कोरोना भाइरस)को महामारीका कारण अमेरिकी अर्थतन्त्रमा सन् २००८ यताकै गम्भीर असर परेको तथ्यांकले देखाएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि गरिएको लकडाउनका कारण सन् २०२० को पहिलो त्रैमासिकमा अमेरिकी अर्थतन्त्र गम्भीर रुपले प्रभावित भएको हो ।

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा वार्षिक ४.८ प्रतिशतका दरले गिरावट आएको देखिएको हो । बुधबार (हिजो) सार्वजनिक गरिएको आधिकारिक तथ्यांकमा पहिलो त्रैमासिकमा अर्थतन्त्र गम्भीर संकटमा परेको देखिएको हो ।

लकडाउनको धेरै प्रभाव मार्चदेखि मात्रै परेकाले पहिलो त्रैमासिकको तथ्यांकले अर्थतन्त्रमा पर्ने प्रभावको संकेत मात्रै गरेको जनाइएको छ । अमेरिकाको केन्द्रीय बैंकका रणनीतिकारले हिजो भनेका छन्, ‘कोरोना भाइरसको महामारीले अमेरिका र विश्वभर गम्भीर मानवीय तथा आर्थिक संकट पैदा गरेको छ ।’

यसअघि सन् २०१४ मा पनि अमेरिकी अर्थतन्त्रमा गिरावट आएको थियो । तर सो अहिले आएको गिरावट सन् २००८ यताकै सबैभन्दा ठूलो हो ।

|तस्वीरमा आर्थिक तथ्यांक। श्रोतः बीबीसी|

प्रतिक्रिया दिनुहोस्