
१८ वैशाख २०७७, काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सामाजिक सञ्जालमा गालीगलौच गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
प्रचण्डलाई फेसबूकमा अशिष्ट र अमर्यादित गाली गरेको विषयमा उजुरी परेपछि पत्रकार दीपक पाठकलाई बिहीबार (आज) बिहान प्रहरीले घरबाटै नियन्त्रणमा लिएको हो ।
रेडियो नेपालको बोर्ड सदस्यसमेत रहेका पाठकलाई साइबर क्राइमको अभियोग लगाइएको छ ।
|फाइल तस्वीर|





