‘कोरोना राहत कोष’मा खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको ५० लाख



१७ वैशाख २०७७, खोटाङ

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ५० लाख जम्मा गर्ने भएको छ ।

मंगलबार (हिजो) बसेको कार्यपालिकाको बैठकले गाउँपालिकाको सञ्चित कोषबाट ५० लाख जम्मा गर्ने निर्णय गरेको गरेको हो । गाउँपालिकाले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि घोषणा गरिएको बन्दाबन्दी (लकडाउन्)बाट काठमाडौंमा प्रभावित नागरिकहरुलाई राहत वितरण गर्ने, संक्रमण फैलिएका क्षेत्र तथा जिल्लाबाट प्रवेश गर्ने नाकाहरुमा थप कडाई गर्ने निर्णय पनि गरेको गाउँपालिकाको सूचना अधिकारी मणिचन्द्र राईले जानकारी दिए

यस्तै, नागरिकहरुको सुविधालाई ध्यानमा राखि प्रतिपरिवार २ बोरा खाद्यान्न ढुवानी भाडामा गाउँपालिकाले अनुदान दिने, अत्यावश्यक काम बाहेकका कसैलाई पनि नगर प्रवेश गर्न नदिने, संक्रमित क्षेत्रबाट आउने नागरिकहरूलाई अझ बढी निगरानी गरी क्वारेन्टाइनमा अनिवार्य राख्ने लगायतका निर्णय समेत भएको सूचना अधिकारी राईले बताए ।

|तस्वीरमा दिप्रुङ चुइचुम्मा गाउँपालिका कार्यालय। श्रोतः|

 

प्रतिक्रिया दिनुहोस्