‘प्रचण्ड’ बालुवाटार पुगिसके



१७ वैशाख २०७७, काठमाडौं

सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री सरकारी निवास बालुवाटार पुगेका छन् ।

केहीबेरमा शुरु हुने नेकपा सचिवालय बैठकको लागि प्रचण्ड बालुवाटार पुगेका हुन् । आज हुने बैठकमा अन्य बैठकभन्दा केही बढी रस्साकस्सी हुने बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी निर्णयमा जारी गरेको अध्यादेश कारण चर्किएको नेकपा विवाद यत्तिबेला उत्कर्षमा पुगेको छ ।

बैठकमा स्थायी कमिटी बैठक मुख्य एजेण्डा हुने बताइएको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्