सोताङ गाउँपालिकाद्वारा ‘लकडाउन्’मा फसेका २९९ आफ्ना नागरिकको उद्धार



१७ वैशाख २०७७, सोलुखुम्बु/तेज किराती

सोलुखुम्बुको सोताङ गाउँपालिकाले बन्दाबन्दी [लकडाउन्]मा फसेका २९९ आफ्ना नागरिकको उद्धार गरेको छ ।

गाउँपालिकाले शुक्रबार, शनिबार, आइतबार र मंगलबार काठमाडौंको विभिन्न स्थानमा रहेका आफ्ना नागरिकको उद्धार गरेको हो ।

गाउँपालिका प्रमुख वीरबहादुर राईका अनुसार वडा नं. १ का ५९ जना, वडा नंं २ का ३६ जना, वडा नं. ३ का ४८ जना, वडा नं. ४ का ६६ र वडा नं. ५ का ९० जना गरी कूल २९९ जनाको उद्धार गरिएको हो ।

गाउँपालिकाले गाउँ फर्किन चाहने सबैलाई एकतर्फी यातायात खर्च ब्यहोर्ने गरी आ-आफ्नो गाउँ फर्काएको हो । गाउँ फर्काइएका सबै नागरिकहरुलाई आफैँ होम क्वारेन्टाइनमा बस्ने शर्तमा उद्घार गरिएको प्रमुख राईको भनाई छ ।

होम क्वारेन्टाइनमा बस्न सुरक्षित र मानसिक हिसाबले पनि राम्रो भएकोले सोही अनुसारकै सुझाव दिई स्वास्थ्य परीक्षण गरी सबै नागरिकहरुलाई घर पठाइएको सोताङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख श्रीध्वज राई जानकारी दिए ।

|तस्वीरमा पालिका। श्रोतः पत्रकार तेज किराती|

प्रतिक्रिया दिनुहोस्