बेलायती प्रधानमन्त्री जोनसनलाई पुत्रलाभ



१७ वैशाख २०७७, काठमाडौं

बेलायती प्रधानमन्त्री  बोरिस जोनसनलाई पुत्रलाभ भएको छ ।

बुधबार (आज) उनका निजी प्रवक्ताले प्रधानमन्त्री जोन्सन र उनकी प्रेमिका क्यारी साइमन्ड्सलाई पुत्रलाभ भएको जानकारी दिएका छन् ।

५५ वर्षीय जोनसन र उनकी ३२ वर्षीय प्रेमिकालाई पुत्रलाभ भएको हो । “यो खुशीको क्षण सार्वजनिक गर्न पाउँदा हामी उत्साहित भएका छौं ।” प्रवक्ताले भनेका छन् ।

प्रधानमन्त्री जोन्सन कोरोनाको संक्रमण पश्चात् सोमबारबाट काममा फर्किएका छन् । एजेन्सीको सहयोगमा-

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्