पावर ‘शेयरिङ्ग’को साटो ‘शो’को चरणमा नेकपा आन्तरिक विवाद : प्रचण्ड-नेपाल समूहमा पनि हस्ताक्षर संकलन



१७ वैशाख २०७७ काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीनिकटका सांसद्‌हरुले आफ्नो पक्षमा बहुमत देखाउन हस्ताक्षर संकलन शुरु गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसद्‌हरुले पनि हस्ताक्षर संकलन शुरु गरेका छन् ।

सचिवालय बैठक बस्नुअघि आ–आफ्नो पक्षमा बहुमत देखाउन गुटका नेताहरु सक्रिय छन् । साँझ सचिवालय बैठक बस्दै छ । प्रचण्ड र नेपाल समूहका सांसद्‌हरुका तर्फबाट हस्ताक्षर संकलनको नेतृत्व नेता सुरेन्द्र पाण्डेले गरेको एक सांसद्‌ले बताए ।

प्रधानमन्त्रीले अध्यादेश जारी गरेपछि चर्किएको नेकपा आन्तरिक विवाद बढ्दै गएपछि ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाटै राजीनामा दिनुपर्ने प्रचण्ड-नेपाल समूहका नेताहरुको माग छ ।

ओली समूहको विपक्षमा प्रचण्ड, माधव नेपाललगायतका शीर्ष नेताहरु पनि उभिएका छन् ।
⇒ बालुवाटारमा हस्ताक्षर संकलन : बहुमत सांसदहरु ओलीको साथमा

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्