दूरी कायम : संसद सञ्चालन



१७ वैशाख २०७७, काठमाडौं

दूरी कायम गरेर संसद सञ्चालनको तयारी थालिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटाबीच आज (बुधबार) छलफल भएलगत्तै संसद भवन बानेश्वरमा अवलोकन गरिएको थियो । प्रधानमन्त्री ओली, सभामुख सापकोटा, सुवास नेम्वाङलगायतले संसद भवनको अवलोकन गरेका थिए ।

दुरी कायम गरेर संसद सञ्चालनका विषयमा तयारी भइरहेको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । बुधबार बिहान प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच संसदको वर्षे अधिवेशन आव्हान, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको विषयमा छलफल भएको थियो ।

हिउँदे अघिवेशन चैत २४ गते अन्त्य भएपछि कारोना भाइरसका कारण वर्षे अधिवेशन आव्हान हुन सकेको छैन् । आगामी जेठ १५ भित्र आगामी आर्थिक वर्षको बजेज ल्याउन सरकारलाई दबाब छ ।

एक महिना भन्दा लामो लकडाउनले अर्थव्यवस्था अस्तव्यस्त भएको बेला अर्थमन्त्रालय बजेट ल्याउने तयारीमा जुटेको छ ।

|तस्वीरमा अवलोकन गर्दे प्रधानमन्त्री। श्रोतः|

प्रतिक्रिया दिनुहोस्