प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता



१७ वैशाख २०७७, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नी प्रसाद सापकोटाबीच बुधबार (आज) बिहान भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संसद्को वर्षे अधिवेश आव्हान गर्नेबारे र विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको विषयमा छलफल भएको बताइएको छ ।

हिउँदे अघिवेशन चैत २४ गते अन्त्य भएपछि कारोना भाइरसका कारण वर्षे अधिवेशन आव्हान हुन सकेको छैन् । आगामी जेठ १५ भित्र आगामी आर्थिक वर्षको बजेज ल्याउन सरकारलाई दबाब छ ।

एक महिना भन्दा लामो लकडाउनले अर्थव्यवस्था अस्तव्यस्त भएको बेला अर्थमन्त्रालय बजेट ल्याउने तयारीमा जुटेको छ ।

|तस्वीरमा प्रधानमन्त्री र सभामुख। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्