मौसम : देशभर बदली, वर्षाको सम्भावना



१७ वैशाख २०७७, काठमाडौं

देशभरको मौसम बुधबार (आज) पनि सामान्यतयाः बदली भइ केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायु र स्थानीय वायुको प्रभाव र पूर्वी क्षेत्र नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभावका कारण मौसम बदली भएको हो । यस्तै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको मौसमविद्ले बताएका छन् ।

हाल देशको पश्चिमी भू–भाग लगायत पहाडी भेगमा सामान्य बदली भई पश्चिमका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको मौसमविदले बताएका छन् ।

|तस्वीरमा काठमाडौंको मौसम। परिवर्तन खबर|

प्रतिक्रिया दिनुहोस्