फिफाको सुझावः ‘यो सिजनको फुटबल शुरु गर्नुभन्दा नयाँ सिजनको तयारीमा लाग्नु’



१७ वैशाख २०७७, काठमाडौं

विश्व फुटबल महासङ्घ (फिफा)ले यो सिजनको फुटबल सुरु गर्नुभन्दा नयाँ सिजनको तयारीमा लाग्न उचित रहेको बताएको छ ।

फिफाको मेडिकल कमिटीका प्रमुख डाक्टर मिचेल होगीले नयाँ सिजनको तयारी लाग्न उचित हुने बताएका हुन् । मिचेलले एउटा डाक्टरको नाताले कोभिड १९का कारण रोकिएको फुटबललाई सुरु गर्नेतिर ध्यान दिनको सट्टा सबै फुटबल सङ्घले अर्को सिजनका लागि ध्यान दिनु राम्रो हुने धारणा राखेका छन् ।

फिफा मेडिकल कमिटीका प्रमुख मिचेलले आगामी दिनमा फुटबल गतिविधि सुरु गर्नु घातक हरेको बताएका छन् । उनले फिफालाई पनि यही सुझाव दिएको बताएका छन् ।

उनले अर्को सिजनलाई राम्रोसँग सुरुवात गराउनका लागि बरु तयारी गर्दा उचित रहने र त्यो नै सबैभन्दा उत्तम उपाय रहेको बताए । युरोपियन लिगहरुका विषयमा २५ मे मा अन्तिम निर्णय दिन युरोपियन फुटबल महासङ्घले निर्देशन दिइसकेको छ ।

मिचेलले यो सिजन सुरु गर्नु सोचेको भन्दा ठूलो चुनौती रहेको बताएका छन् । यदि कारणवश फेरि भाइरसले प्रकोपका रुप लियो भने दुखद बाहेक अरु केही नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्