साँझ सचिवालय बैठक बस्दै : के होला स्थायी कमिटी बैठक ?



१७ वैशाख २०७७, काठमाडौं

बुधबार (आज) साँझ पाँच बजे नेकपा सचिवालय बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यादेश जारी गरेपछि चर्किएको नेकपा आन्तरिक विवाद उत्कर्षमा पुगेसँगै ओली सचिवालय बैठक बोलाउनु बाध्य भएका हुन् ।

मंगलबार (हिजो) अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको भेटघाटका क्रममा आज साँझ सचिवालय बैठक डाक्ने सहमति भएको हो ।

यसभन्दा अगाडि पनि सचिवालय तथा स्यायी कमिटी बैठक बोलाउन बारम्बार भनिएपनि ओली उक्त कुरामा मञ्जुर थिएनन् । आजको बैठकमा स्थायी कमिटी बैठक मुख्य एजेण्डा हुने वरिष्ठ नेता झलनाथ खनालले बताए ।

हिजो पनि सचिवालय बैठक बस्ने भनिएपनि बैठक अनिश्चित बनेको थियो ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्