सांसद र विज्ञद्वारा कोभिड १९ सम्बन्धी अध्यादेश ल्याउन सरकारलाई सुझाव



१६ वैशाख २०७७, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस)को विश्वव्यापी महामारी रोकथाम र नियन्त्रण गर्न संक्रामक रोग ऐन २०२०, पर्याप्त नभएको भन्दै सरोकारवालाहरुले अर्को कानूनी व्यवस्था हुनुपर्ने बताएका छन् ।

संक्रामक रोग ऐनलाई संशोधन गर्ने वा नयाँ ऐन ल्याउने भन्ने विषयमा मंगलबार (आज) राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा छलफल भएको छ ।

छलफलमा सांसद र विज्ञले मुख्य तीनवटा सुझाव दिएका छन् । स्वास्थ्यसम्बन्धी छुट्टै एकीकृत ऐन ल्याउने, कोरोना भाइरस रोकथाममा केन्द्रित भएर तत्काल नयाँ ऐन ल्याउने र तत्काल संक्रामक रोग ऐन संशोधन गर्ने गरी तीन वटा सुझाव उनीहरले दिएका हुन् ।

|तस्वीरमा छलफल। श्रोतः|

प्रतिक्रिया दिनुहोस्