ओली-प्रचण्डबीचको छलफल सकियो, भोलि सचिवालय बैठक बस्ने



१६ वैशाख २०७७, काठमाडौं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल सकिएको छ ।

छलफलमा बुधबार (भोलि) सचिवालय बैठक बोलाउने बारे सहमति भएको बताइएको छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा मंगलबार (आज) अध्यक्षद्वयबीच भएको छलफलका क्रममा भोलि सचिवालय बैठक डाक्ने सहमति भएको जनाइएको छ ।

उनीहरुबीच झण्डै एक घण्टा लामो कुराकानी भएको थियो । यसअघि हिजो ओली-नेपाल पक्षबीच भएको छलफलमा मंगलबार (आज) सचिवालय बैठक बस्ने बताइएको पनि बैठक अनिश्चित बनेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बिहानै जानकारी दिएका थिए ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्