नेकपामा विभाजन र फुटको कल्पना गर्न सकिदैन : सचिव आनन्द पोखरेल



१६ बैशाख २०७७, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा बागमती प्रदेश सचिव आनन्द पोखरेलले मार्क्सवादी, लेनिनवादी सिद्धान्तको जगमा बहुदलीय प्रतिस्पर्धा सहितको जनताको जनवादी कार्यदिशा, अंगीकार गरेको जननिर्वाचित पार्टी नेकपामा विभाजन र फुटको कल्पना सम्म गर्न नसकिने बताएका छन् ।

उनले सामाजिक संजाल फेसबुक मार्फत बहुमतको सरकार संचालन गरेर समृद्ध नेपाल, सुखी नेपाली बनाउने दृढ अठोट सहित लक्ष्य प्राप्तिको बाटोमा अगाडि बढेको नेकपा सिसाको घर नभई बिचार र संगठनात्मक सिद्धान्तबाट अभिप्रेरित पार्टी रहेको जनाए ।

पार्टी र सरकारमा देखापरेका समस्या नितान्त आन्तरिक घरभित्रका समस्या रहेकोले यसलाई सबै कार्यकर्ता, पार्टी सदस्य र जिम्मेवार नेताहरुले व्यक्तिगत स्वार्थ, महत्वकांक्षा र पूर्वाग्रहबाट मुक्त भई नेकपाको हित, प्रतिष्ठा, जनताको चाहना र निर्वाचनको म्याण्डेड अनुसार नै समस्या समाधान गर्नेमा आफू ढुक्क रहेको बताए ।

अन्त्यमा, पार्टी एकताको मर्मलाई जोगाउँदै अझ राजनीतिक र बैचारिक रुपमा सरकार र पार्टी एकताको बाँकी कार्यभार पुरा गर्न दृढतापूर्वक पार्टी नेतृत्व अगाडि बढ्नेमा उनी विश्वस्त देखिन्छन् ।

नेता पोखरेलको फेसबुक स्टाट्स : 

यो पनि पढ्नुहोस्

पार्टी नेतृत्वको सम्मान गर्न कार्यकर्तालाई प्रदेश सचिव पोखरेलको अपिल

प्रतिक्रिया दिनुहोस्