भारतमा फेरि दुई साधुको हत्या !



१६ वैशाख २०७७, काठमाडौं

भारतको उत्तर प्रदेशको बुलंद शहरमा सोमबार (हिजो) राति दुई साधुको हत्या भएको छ ।

उनीहरु मन्दिरको पूजारी रहेका बताइएको छ । हत्या गर्ने आरोपीहरुलाई प्रहरीले पक्राउ गरेको भारतीय सञ्‍चारमाध्‍यमहरुले जनाएका छन् । यसका साथै उत्तर प्रदेशका मुख्‍यमन्त्री योगी आदित्यनाथले घटनामा संलग्नलाई कडा कारबाही गर्ने आश्वासन दिएका छन् ।

प्रहरीका अनुसार हत्याका आरोप लागेका व्‍यक्तिहरु लागूपदार्थ सेवन गरेको र उनीहरुको होस् आएलगत्तै घटनाबारे सोधपुछ गरिनेछ । मुरारी उर्फ राजु नामका एक व्‍यक्तिले जोगीको चिम्टा उठाएर लगेपछि साधुले गाली गरेका थिए ।

तर हत्यापछि गाउँलेले राजुको खोजतलास शुरु गरेका छन् । यसअघि पनि भारतमा दुई साधुको लाठीले हानेर हत्या गरिएको थियो । एजेन्सीको सहयोगमा-

|तस्वीरमा घटना ठाउँ । श्रोतः एएनआइ|

प्रतिक्रिया दिनुहोस्