सोलुदुधकुण्ड नगरपालिकाले गर्‍यो आफ्ना ६३३ नागरिकको उद्धार



१६ वैशाख २०७७, काठमाडौं

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले बन्दाबन्दी ‘लकडाउन्’ का कारण समस्यामा परेका ६३३ जना आफ्ना नागरिकहरुको उद्धार गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण थप फैलन नदिन सरकारले गत वर्षको चैत्र ११ गतेदेखि घोषणा गरेको ‘लकडाउन्’ हाल जारी छ । नगरपालिकाका उप–प्रमुख कल्पना राईले आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै ‘लकडाउन्’को अवधि थप हुँदै जाँदा जिल्ला बाहिर पुगी समस्यामा परेका नगरवासीहरुको उद्धार गरिएको जानकारी दिइन् ।

आफू जनप्रतिनिधि भएको हैसियतले समस्यमा परेका नागरिकहरुलाई सहयोग गर्नु आफ्नो दायित्व र कर्तव्य ठानेर आफ्नै नेतृत्वमा नगरवासीहरुको उद्धार गरिएको उनले बताइन् ।

साथै उप–प्रमुख राईले उक्त कार्यमा सहयोग गर्ने आफ्नो पार्टी नेकपा, प्रतिनिधिसभा सांसद हेमकुमार राई, प्रदेश एकका भौतिक पूर्वधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ, प्रदेश सांसदद्धय बुद्धिकुमार राजभण्डारी र उत्तम बस्नेत, नेकपा प्रदेश कमिटी सदस्य महेश किराँती, जिल्ला समन्वय समितिका प्रमुख वीरकुमार राईलगायत सबैलाई धन्यवाद समेत दिएकी छिन् ।

उनले अबको आफूहरुको कार्यक्रम विपन्न, गरिब तथा मजदूरहरुका लागि राहत वितरणतर्फ केन्द्रीत हुने पनि विज्ञप्तिमा उल्लेख गरेकी छिन् । कोरोनाको महामारीविरुद्धको लडाइँमा आफूहरु सदैव जनताको साथमा रहने उनको भनाइ छ ।

उप–प्रमुख उद्धार गरिएका नागरिकहरुलाई अनिवार्य १४ दिन होम क्वारेन्टाइनमा बस्न सुझाव दिइएको पनि स्पष्ट पार्नुभएको छ।

यस्तै उनले उद्धार गरिएका नागरिकलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न सुझाव दिइएको पनि बताएकी छिन् ।

विज्ञप्ति:

प्रतिक्रिया दिनुहोस्