नेकपा अध्यक्षद्वयबीच भेटवार्ता



१६ वैशाख २०७७, काठमाडौं

सत्तारुढ नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

भेटका लागि अध्यक्ष प्रचण्ड प्रधानमन्त्री सरकारी निवास बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘अहिले कुराकानी चलिरहेको छ ।’

उनीहरुबीच पार्टीको बैठक बोलाउन विषयमा छलफल हुने बताइएको छ । आज नेकपा सचिवालय बैठक बस्ने भनिए पनि बैठक अनिश्चित बनेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

अध्यक्ष प्रचण्डसँगै वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका नेताहरु बैठक बोलाउने पक्षमा छन् तर प्रधानमन्त्री ओलीले बैठक टार्न खोजेको नेताहरुको आरोप छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्