नेकपा सचिवालय बैठक अनिश्चित : शीर्ष नेताहरु आन्तरिक भेटघाटमा व्यस्त



१६ वैशाख २०७७, काठमाडौं

सत्तारुढ नेकपाको मंगलबार (आज) बस्ने भनिएको सचिवालय बैठक अनिश्चित बनेको छ ।

आन्तरिक विवाद उत्कर्षमा पुगेसँगै शीर्ष नेताहरु आन्तरिक भेटघाटमा व्यस्त भएका छन् । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकको समय तय नभएको बताए ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको छलफलका क्रममा तय भएको सचिवालय बैठकको समय अनिश्चित बनेको हो ।

प्रधानमन्त्री ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपालले आज पनि बिहानैदेखि आफू निकटका नेताहरुसँग छलफल थालेका छन् ।

पार्टीको स्थायी समिति बैठकपूर्व नै शक्ति बाँडफाँटमा समझदारी गर्नेगरी सोमबार (हिजो) भएको ओली र नेपाल पक्षबीचको वार्ता निष्कर्षबिहीन टुंगिएको थियो ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्