
१६ वैशाख २०७७, काठमाडौं
नेपाली कांग्रेसले कोरोना भाइरसपछिको अर्थतन्त्रका विषयमा छलफल पार्टी निकटका अर्थविद्हरुको बैठक डाकेको छ ।
बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने सह महामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।
कोरोना संकटपछिका अथतन्त्रको बाटो र वर्तमान सरकारले लिनुपर्ने रणनीति तथा कार्यनीतिका बारेमा अर्थविद्हरुसँगको छलफल केन्द्रीत रहने उनले बताए ।
बैठकमा पूर्व अर्थमन्त्रीहरुलाई समेत डाकिएको छ । बैठकका लागि योजना आयोगका पूर्व उपाध्यक्षहरु डा शंकर शर्मा, डा. स्वर्णीम वाग्ले, डा गोविन्द पोखरेल, जगदिशचन्द्र पोखरेल लगायतलाई बोलाइएको छ ।
|फाइल तस्वीर|





