ओली-नेपाल पक्षबीचको वार्ता सकियो, भोलि सचिवालय बैठक बस्ने



१५ वैशाख २९७७, काठमाडौं

सत्तारुढ नेकपामा देखिएको विवादबारे छलफल गर्न वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा बसेको बैठक सकिएको छ ।

छलफलमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली पक्ष र नेपाल पक्षका मुख्य नेताहरबीच वार्ता भएको थियो । छलफल सकिएपछि प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री ईश्वर पोखरेलले अनौपचारिक कुराकानी भएको तर कुनै निर्णय नभएको बताए ।

यस्तै उनले भोलि (मंगलबार) सचिवालय बैठक बस्ने पनि बताए । छलफलमा ओली पक्षबाट ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली सहभागी थिए भने नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी थिए ।

नेपाल र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक ठाउँमा उभिएपछि प्रधानमन्त्री ओली पार्टीभित्र अल्पमतमा छन् । नेकपाभित्र सरकारको समीक्षाको माग गर्दै स्थायी समिति सदस्यले बैठक बोलाउन माग गर्दै अध्यक्षद्वयलाई आग्रह गरेका छन् ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्