ओली-नेपालको भेटपछि प्रचण्ड-झलनाथबीच पनि भेट



१५ वैशाख २०७७, काठमाडौं

सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेलगत्तै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेता झलनाथ खनालसँग भेट गरेका छन् ।

पछिल्लो समय प्रधानमन्त्री ओलीप्रति नेकपाभित्र असन्तुष्टि बढ्दै गइरहेका बेला ओलीले नेता नेपालसँग भेटवार्ता गरेपछि अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता खनालबीच

पनि खुमलटारमा भेट भएको हो । भेटमा स्थायी कमिटी बैठक नबोलाइएको अवस्थामा के गर्ने भन्नेबारेमा छलफल भएको बताइएको छ ।

यसअघि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बालुवाटारमा छलफल भएलगत्तै नेपाल र ओली समूहको बैठक कोटेश्वरमा चलिरहेको छ ।

सो बैठकमा दुवै पक्षका चार चार जना सहभागी भएको बताइएको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्