१५ बैशाख २०७७, काठमाडौं
युनिर्भसल पीस फेडेरेसन नेपाल (युपीएफ)ले विश्वभर फैलिएको कोरोना भाइसरले सत्य तथ्य खबर सम्प्रेषणका लागी फिल्डमा खटिने पत्रकारहरुका लागी आवश्यक पर्ने सुरक्षा सामग्री मास्क नेपाल पत्रकार महासंघ काठमाडौं शाखालाई हस्तान्तरण गरेको छ ।
सोमबार नक्सालमा आयोजित कार्यक्रममा युनिर्भसल पीस फेडेरेसन नेपालका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका उपाध्यक्ष सुर्य सुबेदीलाई माक्स हस्तान्तरण गरेका हुन् ।
मास्क हस्तान्तरण पछि बोल्दै युनिर्भसल पीस फेडेरेसन नेपाल अध्यक्ष एकनाथ ढकालले कोभिड १९ को रोकथाम तथा नियन्त्रणको संघर्षमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीले पुर्याउदै आएको योगदानको आफुले उच्च मुल्यांकन गरेको बताए । पूर्वमन्त्रीसमेत रहेका ढकालले राष्ट्रिय संकटको घडीमा सबैले सरकारलाई पूर्ण रुपमा सहयोग गर्नु पर्ने बताए । उनले लकडाउनका बेला संकटमा परेका नागरिकका समस्या सरकारले भन्दा पहिले प्रेस जगतले देख्ने भएकाले उनीहरुका लागि सरकारले उचित व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष ढकालले कोरानाको संक्रमण रोक्न सरकार एक्लैले नसक्ने भएकाले नागरिकले इमान्दारीताका सरकारले जारी गरेको लकडाउन कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले लकडाउनको कारण हातमुख जोर्न सकस परेकाहरुको पहिचान गरि प्रभाबकारी ढंगबाट राहत उपलब्ध गर्नु पर्ने लगायतको सुझाब दिए । कोरोना कहरको यो अवस्थामा जोखिम मोलेर जनतालाई सूचना प्रवाह गर्न फिल्डमा खटिने पत्रकारहरुका लागि माक्स जरुरी रहेको बताए । उनले आवश्यक परे महासंघलाई जुनसुकै सहयोग गर्न पनि आफ्नो पार्टी तयार रहेको बताए । प्राप्त माक्सलाई आफ्ना सदस्यहरु क्रियाशील रहेका विभिन्न सञ्चार माध्यममा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट जोगिन माक्स दिने महासंघका कार्यसमिति सदस्य बिष्णु निश्चलले जानकारी दिए ।
आम नागरिकलाई सुसूचित गर्ने कार्यमा अग्रभागमा क्रियाशील हुने पत्रकारहरुको सुरक्षाका निम्ति विभिन्न उपायहरु अप्नाउनुपर्ने अवस्था भएका कारण पत्रकारहरुलाई माक्स वितरण गर्ने उपाध्यक्ष सुर्य सुबेदीले बताए । उनले केही अप्ठयारोमा परेका पत्रकारहरुलाई खाधन्य सहयोग गर्न समेत आग्रह गरेका थिए । सो अवसरमा युनिर्भसल पीस फेडेरेसन नेपाल उपाध्यक्ष सन्तोष कुमार पौडेल, पत्रकार महासंघ काठमाडौंका कार्यसमिति सदस्य फडिन्द्र फुयाल लगायतको सहभागिता रहेको थियो ।





