
१४ वैशाख २०७७, काठमाडौं
सरकारले ‘लकडाउन्’लाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आइतबार (आज) बसेको बैठकले ‘लकडाउन्’ लम्ब्याउने निर्णय गरेको हो ।
कोभिड १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार (हिजों) बसेको बैठकले ‘लकडाउन्’कै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको थियो । त्यसपश्चात् कार्यदलले एक साता लम्ब्याउन सिफारिस गरेको थियो ।
पूर्वघोषित ‘लकडाउन्’ १५ वैशाख (भोलि) सकिँदैछ ।
|तस्वीरमा मन्त्रिपरिषद् बैठक। श्रोतः|





