
१४ वैशाख २०७७, काठमाडौं
चीनका लागि नेपाली राजदूत महेन्द्र पाण्डेले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
गत वैशाख ५ गते पाण्डे चीनका लागि नेपाली राजदूतमा नियुक्त भएका थिए । आज (आइतबार) राष्ट्रपति विद्यादेवी भण्डारीबाट पाण्डेले शपथ लिएका हुन् ।
पाण्डे पूर्व परराष्ट्रमन्त्री हुन् । यसअघि चीनका लागि नेपाली राजदूतमा लीलामणि पौडेललाई सरकारले फिर्ता बोलाएको थियो ।
|तस्वीरमा पाण्डेको शपथ। श्रोतः|





