किसानहरुलाई साझा पार्टीको राहत



१४ वैशाख २०७७, काठमाडौं

बन्दाबन्दी (लकडाउन्)पछि आफ्नो अवस्था के हुने भनी सबै ठाँउका किसानहरु आत्तिएका छन् । केही खाद्यान्न राहत पाएर खुशी त छन् तर लामो समय काम लाग्ने सहयोगको आशा गरेका छन् किसानहरु । भनिन्छ नी, ‘माछा हैन बल्छि देउ’ । आफैँले खाद्यान्न जुटाउन सक्ने अवसरको लागि सहयोग गर्नुहोस् भनी किसानहरु सरकार र मनकारी दाताको मुख हेरेर बसेका छन् ।

बन्दाबन्दीपछि किसानलाई साथ दिन जुट्नुपर्ने अवस्था महसुस गरी साझा पार्टीका महिला सदस्यहरुको सहयोगमा काठमाडौं इच्ङगु नारायणका फूल व्यवसायी महिला किसानलाई मल तथा बिउ साझा बागमती प्रदेश महिला सङ्गठन प्रमुख अनुपा श्रेष्ठको नेतृत्वमा प्रदान गरिएको छ । विगत ३४ दिनदेखि बन्दाबन्दीमा फूल बिक्री गर्न नपाएर सुकेको अवस्थाले गर्दा, आम्दानी नभएको र अर्को बाली लगाउन गाह्रो भएकोले साझा पार्टी बागमती प्रदेशले कृषि राहतको थालनी गरेको हो । यो पहिलो चरणको राहत हो ।

अन्य समयमा जस्तो राहत दिन सजिलो नभए पनि सामाजिक दूरी कायम गरी पूर्ण रूपमा कृषिमा निर्भर केही महिलाहरुलाई सहयोग गरेको हो । सहयोग पाउनेमा विशेष गरी एकल तथा विपन्न महिलाहरु छन् । राहत वितरणको खबर पाएर अन्य किसानहरु पनि राहतको आशमा छन् ।

सीमित स्रोत र साधनका कारण अहिले अहिले साझाले केहीलाई मात्रै दिन सकेको भछ । क्षणिक राहतले केही सहयोग त होला तर भोलिको अवस्था अझै भयावह हुनेछ । त्यहीँ भएर प्रदेशले बन्दाबन्दीपछि किसानलाई खेती बाली लगाउन सहज होस् भनेर यो कार्यक्रम अघि सारेको हो ।

कार्यक्रम गर्नुअघि फिल्डमा गएर किसानसँग कुराकानी गर्दा किसानहरुको चाहना पनि क्षणिक राहतभन्दा दिगो र भोलिको दिन सहज हुने केही सहयोग पाए हुन्ने थियो भन्ने नै थियो । हाल यो कुरामा सरकारको पनि ध्यान गएको देखिँदैन । हाम्रो यो प्रयास किसानलाई केही सहयोग त मिल्छ नै सँगसँगै अन्य व्यक्ति तथा संस्थाले पनि यस्तै कामको थालनी गरुन् भन्ने नै हो ।

त्यसैले बेलैमा विचार गरौं । सरकारलाई खबरदारी पनि गर्दै गरौंला तर आफ्नो तर्फबाट सकेको सहयोग गरौं । इच्ङगु नारायणका फूल व्यवसायी महिला किसानलाई मल र कृषि सामग्री आज बिहान १० बजे इचङुमा साझा पार्टी, बागमती प्रदेश महिला सङ्गठनको नेतृत्वमा गरिएको थियो ।

राहत पाएपछि किसानहरुः
कृषिमा निर्भर एकल महिलाको लागि विशेष कृषि कोष नगरपालिकाले खडा गरे राहत हुने थियो : कबिता बिष्ट
युवा र कृषि कार्यक्रम ल्याउनुपर्छ । जसले गर्दा हामीजस्तो कृषिमा लागेका युवालाई सहयोग पुगोस् र अरु युवालाई पनि कृषिमा लाग्ने प्रेरणा मिलोस् : मनुराज पुटुवार
विदेशभन्दा गर्न सके यहाँ नै राम्रो हुन्छ : मगलि लामा
वार्षिक हामीले जग्गाको भाडा तिर्नुपर्छ, यति राहत भए नि हाम्रो लागि ठूलो कुरा हो । अझै बिउ र मल दिनुपर्यो : माइली लामा

प्रतिक्रिया दिनुहोस्