‘लकडाउन्’ एक साता लम्ब्याउन सिफारिस



१३ वैशाख २०७७, काठमाडौं

उच्चस्तरीय समन्वय समितिको कार्यदलले ‘लकडाउन्’ एक साता लम्ब्याउन सिफारिस गरेको छ ।

यसबारेको अन्तिम निर्णय मन्त्रिपरिषद्ले गर्नेछ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले ‘लकडाउन्’ प्रभावकारी भएकै कारण कोरोना नियन्त्रण प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष निकालेको थियो ।

बैठकमा केही हिमाली जिल्लामा ‘लकडाउन्’ खुला गर्ने, क्षेत्रगत रुपमा खुकुलो बनाउने लगायतका विकल्प समेत आएको थियो । त्यसलगतै बसेको कार्यदलको बैठकले वैशाख १५ बाट एक साता ‘लकडाउन्’ लम्ब्याउनुपर्ने राय दिएको हो ।

त्यसपछि अर्को मोडलमा जान सकिने बताइएको छ । त्यही राय बोकेर समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल सहितका मन्त्रीहरु बालुवाटार पुगेका छन् ।

|तस्वीरमा उच्चस्तरीय बैठक। श्रोतः|

प्रतिक्रिया दिनुहोस्