पकाएको खानाले विपन्न परिवारको पेट भर्दै बूढानीलकण्ठका युवा



१३ बैशाख २०७७, काठमाडौं

विश्वव्यापी रुपमा फैलिएको कोरोना भइरस (कोभिड–१९) महामारी नियन्त्रण गर्न नेपाल सरकाले गरेको लकडाउन गरेको छ । त्यसकारण समस्यामा परेका बूढानीलकण्ठ नगरपालिका वडा नं १० भित्र बसोबास गर्ने विपन्न नागरिकहरुलाई निःशुल्क खाना उपलब्ध गराएर उक्त वडाका युवाहरुले सृजनात्मक सामाजिक अभियान शुरु गरेका छन् ।

बूढानीलकण्ठ वडा नं १०का युवाहरुले पहिलो दिन ५० जनालाई खाना खुवाएर सुरु गरेका थिए भने हाल आएर दिनमै ४०० जनालाई खाना खुवाउन सफल भएका छन् । सबै घरमा मिठो मसिनो जे पाकेको छ त्यही खानेकुरा हामीलाई दिनुस् भन्दै स्थानीयको घरमा पुग्दा सबै जनाले खुशी हुँदै उनीहरुको हातमा खाना सेट दिने गरेको अभियन्ता विवेक अधिकारीले परिवर्तन खबरालाई जनाएका छन् ।

हाल सम्म जम्मा गरी २ हजार भन्दा बढिलाई खाना खुवाउन सफल हँुदा उनीहरुको सहयोग गर्ने भावनामा थप उत्साह मिलेको छ ।बूढानीलकण्ठ नगरपालिका वडा नं १० र अन्य समाजसेवीहरुले आवस्यक सामग्री सहयोग गरेको समेत युवाले जानकारी दिएका छन् । यस किसिमको सेवालाई सके सम्म नगर भरि नै संचालन गर्न प्रयासरत रहेको समेत बताईएको छ ।

लकडाउनका कारण निम्न आयस्रोत भएका मानिसहरुलाई बिहान बेलुकाको छाक कसरी टार्ने भन्ने चिन्ता परेको छ । त्यसकारण बूढानीलकण्ठ नगरपालिका वडा १०का समाजसेवी युवा विवेक अधिकारीले खानाको जोहो गर्न नसक्नेहरुको लागि पकाएको खाना खुवाउने नयाँ र फरक अभियानको शुरुवात गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्