मजदुर परिवारलाई घरभाडा निःशुल्क गर्ने ब्रिटिस आर्मी लिम्बुको घोषणा



१३ बैशाख २०७७, काठमाडौं

विश्वभर फैलिएको कोरोनाभाईरस (कोभिड–१९)को माहामारीका कारण मानिसहरु विभिन्न स्थानमा अलपत्र अवस्थामा छन् । त्यसलाई मध्यनजर गर्दै तेह्रथुमका गजेन्द्र खवाहाङ् लिम्बुले मजदुरी गरी बस्ने चार परिवारलाई एक महिनाको सम्पूर्ण सेवा सुविधा निःशुल्क गर्ने घोषणा गर्ने भएका छन् ।

राजधानिको काठमाडौं महानगरपालिका वडा नं ६ स्थित सरस्वतिनगरमा रहेको घरमा बसोबास गर्ने चार परिवारलाई गरि ३३ हजार रुपैया बराबरको घरभाडा छुट गर्ने भएका हुन् । विगत दुई दशकदेखि ब्रिटिस आर्मीमा कार्यरत लिम्बुले आफ्नो घरमा बस्दै आएका मजदुर परिवारलाई पानी, बत्ती, वाईफाई र फोहोरको समेत एक महिनाको शुल्क नलिने भएका छन् । मजदुरी गर्दै दैनिक जिवनयापन गरि भाडामा बस्ने परिवारलाई सहजहोस् भनि आफूले एक महिनाको भाडा छुट गरेको बताए । ब्रिटिस आर्मी लिम्बुका अनुसार नेपाल सरकारले गरेको अनुरोधलाई समेत ध्यानमा राखी मजदुरहरुलाई सहज होस् भन्ने उदेश्यले घरभाडामा छुट दिएको हो ।

आफू मात्र नभएर नेपाल भरी घर भाडामा लगाएर बस्ने सम्पुर्णलाई जति सक्दो घरभाडा निःशुल्क तथा छुट गराउन समेत आर्मी गजेन्द्र खवाहाङ् लिम्बुले अनुरोध गरे । यदी आवश्यत्ता परेमा अन्य भाडामा बस्नेहरुलाइ पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुका साथै लकडाउनको समयमा अनुशासन पालना गरि कोरोनाभाइरस बिरुद्द लड्ने सन्देश समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्