
१३ वैशाख २०७७, काठमाडौं
मुस्लिम आयोगले भोलिबाट सुरु हुने मुस्लिम समुदायको महान पर्व रमजानमा घरमै बसेर नमाज पढ्न आग्रह गरेको छ ।
आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण घरमै बसेर नमाज पढ्न आग्रह गरेका हुन् ।स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका क्रममा शुक्रबार अध्यक्ष अन्सारीले महामारी कुनै जात र धर्मलाई लक्षित गरी नआउने भन्दै लकडाउनको पूर्णरुपमा पालना गर्ने सबै नागरिकको दायित्व भएको बताए ।
मुस्लिम समुदायको जमातीमा वीरगञ्जबाट संक्रमण सुरु भएको र उदयपुरमा पनि ठुलो संख्यामा संक्रमण देखिएको प्रति मुस्लिम आयोग गम्भीर भएको उनले बताए ।
यस्तै अध्यक्ष अन्सारीले हिजो र आज काठमाडौ उपत्यकाका विभिन्न मस्जिदमा रहेका सबैको स्वाब परीक्षण गराइसकेको जानकारी दिए । साथै स्वास्थ्य मनत्रालयको सहयोगप्रति उनले आभार व्यक्त गरे ।
अझ पनि मस्जिदहरुमा कोही परीक्षण गर्न छुटेका छन् भने सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा वा स्थानीय सरकारसमक्ष अविलम्ब गएर सरकारलाई सहयोग गर्न उनले आग्रह गरे ।
|फाइल तस्वीर|





