‘हुने बिरुवाको चिल्लो पात’ भने झैं भोका, नाङ्गा जनताको वास्तविक हिरो हुन् वडा अध्यक्ष नवराज भट्टराई



१२ बैशाख २०७७, काठमाडौं

कोरोना भाईरस (कोभिड–१९) बाट आज बिश्व नै त्रसित छ । बिश्वका धेरै देशहरुमा लकडाउन चलि रहेको छ । यसबाट हाम्रो समाज पनि अछुतो छैन । अब कहिलेसम्म यस्तो अबस्थामा बिश्व गुज्रिरहनु पर्ने हो, अहिले नै भन्न सक्ने अवस्था रहदैन ।

यतिबेला विश्वले नै राहत खोजी रहेको छ । झन् हाम्रो जस्तो विकासोन्मुख देशमा गरिवीको रेखामुनि धेरै जनताहरु रहेका छन् । भौगोलिक हिसाबले ठूलो नगरपालिकामा चिनिने बूढानीलकण्ठ नगरपालिका जसमा ७७ वटा जिल्लाकै मानिसहरुको बसोबास रहेको छ । त्यसमध्ये बूढानीलकण्ठ नगरपालिका वडा नं. १० जनसंख्याको हिसाबले नगरकै सबैभन्दा धेरै जनसंख्या वडा हो ।

यस वडाले पाएको जनप्रतिनिधी वडा अध्यक्ष नवराज भट्टराईको कार्यकौशलताको कारणले यहाँका गरिव, किसान, मजदुर आज कोही पनि भोको बस्नुपर्ने अबस्थामा छैनन् । उनले भेद्भाव रहित ढंगले प्रत्येक नागरिक जसको घरमा चुलो बल्न नसकेको अवस्था छ, त्यस्ता ठाँउहरु पहिचान गरी आफ्नै अगुवाईमा साहत पुर्‍याई रहेका छन् । हुँदाहुँदा चोक चोकमा खानाकै प्याकेट बाडेर समेत भोको पेट भर्ने काम गरिरहेका छन् । यसबाट उनको जति प्रशंसा गरे पनि कम हुन जान्छ ।  त्यसैले त आज उनको यस वडामा मुक्तकण्ठले प्रशंसा भैरहेको छ ।

संगै जोडिएको वडामा के भयो अहिले हामी त्यतापट्टी नजाउँ । यस वडाका जनता आजको दिनसम्म राहत नपाएर छट्पटाएको हामीले देखेका छैनौं । वडाभित्र रहनु हुने केही सहयोगी हातहरुले उनलाई स्वस्फूर्त रुपमा सहयोग गरि रहेका छन् ।

जनप्रतिनिधीको सफा मन र ईच्छा शक्ति भयो भने सिमित स्रोत साधनले पनि त्यस ठाँउका जनतामा नैरास्यता उत्पन्न हुँदैन भन्ने यस वडाका जनप्रतिनिधीले देखाई सकेका छन् । उनी जस्तो वडा अध्यक्षको सरकारले उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा उनलाई एउटा वडामा मात्र सिमित नराखी राष्ट्रिय राजनीतिमा सामेल गराउन समेत सरकारसँग जोडदार रुपले माग गर्दछु ।

अन्तमा, यहाँका जनतालाई एक किसिमको डर के भैरहेको छ भने कतै “सतिले सरापेको देश” मा राम्रो काम गर्नेलाई पाखा त लगाईदैन भन्ने समेत सुन्न थालिएको छ । जनताका ढुकढुकी कपनका वडा अध्यक्ष नवराज भट्टराई जस्ता उदार हृदयका धनी ! देशभरी २०० जना जनप्रतिनिधी हुने हो भने भ्रष्टाचार रहित समाज निर्माण हुने थियो । यसतर्फ सोच्न र कामको उच्च मूल्याङकन गर्नको लागि सरकारसँग हार्दिक अपिल गर्दछु ।

नवराज घिमिरे
सचिव
सुर्योदय कोलोनी सुधार समिति
बूढानीलकण्ठ नगरपालिका वडा नं. १० कपन, काठमाडौं

प्रतिक्रिया दिनुहोस्