मन्त्रिपरिषद् बैठक बस्दै, के होला अध्यादेश ?



१२ वैशाख २०७७, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार (आज) बिहान ११ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीले ११ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक डाकेको बताउँदै बैठकको एजेण्डाबारे भने आफू जानकार नरहेको बताए ।
⇒ प्रधानमन्त्री अध्यादेश फिर्ता लिन सकारात्मक
ओलीले गत सोमबारको मन्त्रिपरिषद् बैठकमा एक्कासी दुई अध्यादेश पेस गरेका थिए । उक्त अध्यादेशमा राष्ट्रपतिद्वारा लालमोहर पनि लागिसकेको थियो । साथै राजपत्रमा पनि प्रकाशित भइसकेको थियो ।

अध्यादेशको चौतर्फी आलोचना भएपछि उक्त अध्यादेश फिर्ता लिन आफू तयार ओलीले बताएका थिए । स्रोतका अनुसार यसै मन्त्रिपरिषद् बैठकबाटै अध्यादेश फिर्ताबारे निर्णय हुने सम्भावना देखिएको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्