नेकपा सचिवालयका बहुमत सदस्यहरूको निष्कर्ष : ‘अध्यादेश फिर्ता’



११ वैशाख २०७७, काठमाडौं

सत्तारुढ दल नेकपाको सचिवालयका बहुमत सदस्यहरूले विवादित ‘राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश’ फिर्ता लिनु नै उपयुक्त हुने निष्कर्ष निकालेका छन् ।

सरकारमा नरहेका सचिवालयका ६ नेताहरुको आज (विहीबार) भैंसेपाटीमा भएको अनौपचारिक भेलाले यस्तो निष्कर्ष निकाले हो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल र नारायणकाजी श्रेष्ठबीच यसबारे छलफल भएको हो ।

यसअघि आजै नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष ‘प्रचण्ड’ र वरिष्ठ नेता नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

भेटमा ओलीले अध्यादेश फिर्ता लिने बताएका थिए । बुधबार मात्र स्थायी कमिटीका २० सदस्यले बैठक माग गर्दै अध्यक्षद्वय ओली र प्रचण्डलाई लिखित पत्र बुझाएका थिए ।

|तस्वीरमा बैठक। सौजन्यः प्रचण्ड सचिवालय|

प्रतिक्रिया दिनुहोस्