नेपाल ओलम्पिक कमिटीको भर्चुअल बैठक सम्पन्न



११ बैशाख २०७७, काठमाडौं

नेपाल ओलम्पिक कमिटीले बिहिबार (आज) लकडाउनको अवस्थामा र लकडाउन पछिका दिनहरुमा खेलाडीलाई कसरी प्रशिक्षण गराउने भन्ने विषयमा मानार्थ अध्यक्ष, सल्लाहकारहरु, कमिसनका अध्यक्षहरुको सहभागितामा  कार्यकारिणी समितिको भर्चुअल बैठकमा छलफल गरेको छ ।

उक्त भर्चुअल बैठकले आगामी दिनमा वाइल्ड कार्डमा सहभागी र अन्य उत्कृष्ट खेलाडीहरुलाई  उपयुक्त योजना बनाई सञ्चालन गर्ने र तत्काल ओलम्पिक कमिटीका सबै सदस्यहरूलाई एकदिनको अनलाइन मनोवैज्ञानिक क्लास गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्