‘म बोल्छु, हो म बोल्छु !’



११ वैशाख २०७७, काठमाडौं

सूर्यलालई हत्केलाले छेक्न कदापि सकिँदैन । यदि कसैले छेक्न खोज्छ भने उ साँच्चिकै मूर्ख व्यक्ति हुनुपर्छ भनेर हामीले प्रष्ट बुझ्दा हुन्छ ।

‘हिरो’ शब्द चयन गरी दिनुभएकोमा तपाईँ मेयरसाब लगायत सबैलाई र अन्य भिलेनहरुलाई धेरै धेरै धन्यवाद । (हजुरहरुका अनुसार) एउटा कुरा हेक्का रहोस्, कुनै पनि मुभीमा ‘हिरो’लाइ जत्ति नै षड्यन्त्र गरेर फसाउने दुसप्रयास गरे पनि अन्त्यमा आएर ‘हिरो’को नै जीत हुन्छ ।

किनभने ‘हिरो’ सँधै सत्य हुन्छ । हेमराज थापालाई हिरोइजम देखाउन खोज्यो भन्नेहरु हिरोइजम देखाएर देखिने कुरा होइन । यो त देखिने कुरा हो । जुन व्यक्तिको कामद्वारा प्रष्टिन्छ ।

हेमराजले आफ्नो कामबाट प्रष्ट्याएका छन्, र हामीले नै देख्दै पनि आएका छौं । हेमराज थापा एउटा त्रिविमा अध्ययन गर्ने जेहेन्दार विद्यार्थीभित्र पर्नुहुन्छ । उनले त्रिविमा हुने जुनसुकै विपत्कालीन अवस्थामा अगणि भूमिका निर्वाह गर्दै आएको लगायत सम्पूर्ण विद्यार्थीहरुमा सर्वविदितै छ ।

खरो स्वाभावका उहाँ कुनै पनि कुरा समाधान गर्न कहिल्यै पनि पछि हट्दैनन् र हिच्किचाउँदैनन् । प्रायः कलेजमा हुने कक्षा इरेगुलर र अन्य भैपरी आउने समस्याका विषयमा उहाँ लगायत हामी सम्पूर्ण चौंथो सेमेस्टरको विद्यार्थीहरुले खबरदारी गर्थ्यौं । मैले देखेअनुसार उहाँ नै अग्रणि स्थानमा भूमिका निर्वाह गर्ने व्यक्तिमा पर्नुहुन्छ ।

त्यही भएर होला म लगायत अन्य साथीहरू कुनै समस्या पर्दा सबैभन्दा पहिले सम्झिने पात्र भनेको नै तपाईँहरुले भनेझैं हेमराज (हिरो) हुनुहुन्थ्यो ।

अहिले कोभिड १९ (कोरोना भाइरस) ले गर्दा समस्यामा परेका म लगायत अन्य साथीहरूले हेमराज थापालाई नै सम्झियौं, गुहार्यौं । ‘हामीलाई समस्या छ, सहयोग गरिदिनुपर्थ्यौं भनेर’ त्यसपश्चात् सबैभन्दा पहिले हामीलाई सहयोग गर्न भनी डा. रेणुका थापा म्याम आउनुभयो ।

उहाँले सकेजति सहयोग गर्नुभयो । त्यसै क्रममा थापाको फेसबूक स्थितिअनुसार र यूट्युबर सोनीका रोकाया दिदीले ‘दि सोनिका शो’मार्फत् दोस्रो सहयोगीदाता देखिनुभयो ।

सहयोगका क्रममा विभिन्न सहयोगी मनहरुले त्रिविका विद्यार्थीहरुलाई निरन्तर रुपमै सहयोग गर्दै आउनभयो । जुन हेमराज थापाको फेसबूकमा प्रत्यक्ष रुपले देख्न सकिन्छ ।

कृपया सामान लुकायो भन्नेहरु आँखा खोलेर हर्नुस् । उहाँले जुन व्यक्ति वा समूहले सहयोग गरे पनि सोही दिन आफ्नो फेसबूक वालमा राख्नुभएको थियो र अहिले पनि छ ।

यदि उहाँको आफूले खाने अथवा लुकाउने हेतु हुँदो होत सामाजिक सञ्जाल फेसबूकमार्फत् सार्वजनिक गर्नु हुँदैन थियो होला । मनुष्य बुझ्नुस् । कृपया चेतना भया !
⇒ तितो यथार्थ : मौनता कि इगो ?
यसरी सम्पूर्ण सहयोगीदाताहरुको नाम र विवरण प्रष्ट रुपमा राखिएको र सामानहरु राखिएको रुमको फोटो सबै मिल्न जान्छ र कृपया मेयरसाब र अन्य आरणीय व्यक्तित्वहरु तपाईँहरुको नैतिकताले कसरी दियो कि सामान लुकाएर राखेको भनेर ? अलिकति त आफ्नो व्यक्तित्व र इमानको तपाईँहरुले ख्याल नगरेको देख्दा दुःख लाग्यो ।

कृपया यी यी तस्वीरहरुले प्रष्ट बोल्छन् सुन्ने कोसिस गर्नुस् ।

थप तस्वीर हेर्न यहाँ क्लिक गर्नुस्: थप तस्वीर

राम्रो सोचौं, राम्रै गरौं । महाभारतमा वा अन्य जुनसुकै क्षेत्रमा अन्त्यमा आएर सत्यको नै जित भएको इतिहास छ । यो कुरालाई कहिल्यै नभुलौं । यसको हेक्क रामोसँग राखौं ।

हेमराज थापाले गरेको सहयोगप्रति हामी सबै सन्तुष्ट छौं, र सदैव हुनेछौं । हेमराज थापाका लागि सम्पूर्ण विद्यार्थी मनहरुमा सम्मान थियोे, सम्मान छ र रहिरहने छ । मानवता अभै जीवित छ । सत्य कहिल्यै मर्दैन । मर्छ त सत्यलाई मार्न खोज्नेहरु, हिरो इज हिरो ।

माया रोकाया
त्रिवि विद्यार्थी

प्रतिक्रिया दिनुहोस्