प्रधानमन्त्री अध्यादेश फिर्ता लिन सकारात्मक



११ वैशाख २०७७, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अध्यादेश फिर्ता लिन सकारात्मक भएको बताएका छन् ।

बिहीबार (आज) बिहान नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा उनले अध्यादेशले नकारात्मक विवाद सिर्जना गरेको भन्दै आफू फिर्ता लिन तयार भएको बताएको नेकपा उच्च श्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले पार्टीका शीर्ष नेतासँगै कानून व्यवसायीसँग पनि उक्त विषयमा छलफल थालेका छन् । अध्यादेश संविधानको धारा ११४ को उपधारा २ (ख)अनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले जुनसुकै बेला पनि खारेज गर्न सक्ने व्यवस्था छ ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ‌ओलीले अन्य दल फुटाउनका लागि अध्यादेश ल्याएको बताएका थिए । अध्यादेश लगत्तै समाजवादी र राजपाबीच बुधबार एकता भइसकेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेशमा लालमोहरसमेत लगाइसकेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्