समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबाट जन्मियो ‘जनता समाजवादी पार्टी’ [सहमति पत्र]



१० वैशाख २०७७, काठमाडौं

समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा)बीच पार्टी एकता भएको छ ।

नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहने छ । झण्डा समाजवादीको र चुनाव चिन्ह राजपाको हुने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

सरकारले ल्याएको नयाँ अध्यादेशका कारण समाजवादी पार्टी फुट्ने अनुमान भइरहेका बेला दुई पार्टीले बुधबार (आज) रातको समयमा एकता गरेका हुन् ।

राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीको निवासमा दुवै पार्टीका शीर्ष नेताहरुबीच एकता वार्ता भएको थियो ।

|तस्वीरमा पार्टी एकता। सौजन्यः बाबुराम भट्टराई|

प्रतिक्रिया दिनुहोस्