
१० बैशाख २०७७, काठमाडौं
विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको रोकथामाका लागि गरेको लकडाउनका कारण समस्यामा परेका मजदुर तथा विद्यार्थीलाई नेकपाका युवा नेता तुलराज सिम्खाडा, यशुदा बराल र मेघराज शाहीले राहत बितरण गरेका छन् ।
लकडाउनका कारण राजधानीमा समस्यामा परेका CTEVT अन्तर्गत पढ्ने विद्यार्थीहरु विभिन्न उपत्यका बाहिरका जिल्लाबाट पढ्न आएका ५० जना विद्यार्थीलाई अनेरास्ववियु CTEVT उपत्यका कमिटी र टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी र CTEVT उपत्यका अध्यक्ष मनसिह धामी र अनेरास्ववियु नेता दहर्क बमद्वारा खाद्यान्न बितरण गरिएको हो । अध्यक्ष मनसिह धामीले विपद्को समयमा समस्यामा परेका हरेक विद्यार्थीलाई सहयोग गरेको बताए ।
उनले भने, ‘मुलुक कोरोना भाईरसको संक्रमणको त्रासमा छ । जसका कारण सरकाले घोषणा गरेको लकडाउनले मुलुक ठप्प छ । धेरै नागरि हरु यसबाट प्रभावित छन् । मजदुर, विद्यार्थी र विपन्न परिवारलाई सबैले सहयोग गरौँ । आफू पनि बचौँ, अरुलाई पनि बचाऊ ।’

यस्तै अनेरास्ववियु ctevt नेता हर्क बमले आफूहरुले राजधानीमा समस्यामा परेका विद्यार्थी हरुलाई सहयोग गर्ने अभियान चलाएको जानकारि दिए । उनले अभियान अन्तर्गत पहिलो चरण ५० भन्दा बढी विद्यार्थीहरुलाई खाद्यान्न सहयोग गरेको बताए । राजधानीमा समस्यामा परेका हरेक नागरिकले आफूहरुलाई खबर गरे सहयोग गर्ने उनको भनाई छ ।
यस्तै उपत्यका बाहिर जान चाहनेलाई पठाउन हरेक जिल्ला र अनेरास्ववियुले समन्वय गर्ने समेत जानकारी गराए ।





