कोरोना भाइरसबारे नेकपाद्वारा कामपा १५ मा छलफल सम्पन्न



१० बैशाख २०७७, काठमाडौं

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले काठमाडौं महानगरपालिका वडा नं. मा १५ मा छलफल गरेका छन् ।

छलफलमा समस्या परेकालाई घर पठाउने व्यवस्था पनि मिलाउनुपर्छ, कोहि भोकै नपारोस् र राहत बितरण कार्यलाई लक्षित समुदायमा पुर्‍याउन ध्यान दिनुपर्ने भन्दै नेकपा स्थायी कमिटी सदस्य तथा बागमती प्रदेशका ईन्चार्ज अष्टलक्ष्मी शाक्यले आफ्नो धारणा राखेकी थिईन् ।

त्यस्तै नेकपा केन्द्रिय कमिटी सदस्य तथा काठमाडौ महानगरका ईन्चार्ज जीवनराम श्रेष्ठले पार्टीका सबै सदस्यहरूलाई आ–आफ्ना टोलहरूमा कोभिड १९ को मापदण्ड पालन गरी रोगबाट बचाउन र जनताको समस्या समाधान गर्न सहयोग गर्ने कार्यमा लाग्न आव्हान गरेका थिए ।

सामाजिक दुरी कायम गरी सबैले मास्क लगाएर आयोजना गरिएको छलफलमा बागमती प्रदेश कमिटी सदस्य सरिता महर्जन, कामपा १५ का वडाध्यक्ष तथा महानगर प्रबक्ता ईश्वरमान डगोल लगायत नेकपाका नेता र कार्यकर्ताको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्