थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईको पहलमा पश्चिममा अलपत्र नागरिकको उद्धार



१० वैशाख २०७७, काठमाडौं

थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईको पहल तथा नेकपा सांसद जनार्दन शर्मा ‘प्रभाकर’को समन्वयमा पश्चिम रुकुमको बाँफिकोट गाउँपालिका पुगेका अलपत्र नागरिकको उद्धार गरिएको छ ।

कोभिड १९ (कोरोना भाइरस)को सम्भावित जोखिमलाई मध्यनजर गर्दे संघीय सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन्)का कारण बाँफिकोट पुगी पर्यटन व्यवसायी मानबहादुर खत्रीको घरमा बसिरहेका २ फ्रान्सेली नागरिकसहित ७ जनाको बुधबार (आज) उद्धार गरिएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।
⇒ काठमाडौंलगायत बाहिरी जिल्लामा आपत्मा परेका गाउँपालिकावासीको उद्धार गर्दै थुलुङ दुधकोशी
अलपत्र पर्नेमा फ्रान्सेली नागरिकद्वय ब्रीजित् ह्यामजोर् र लोरेन्ट्, उनीहरुको टोली नेता मानबहादुर खत्रीसँगै उनीहरुको सहयोगीहरु भीम मगर, दानबहादुर मगर, दोर्जे राई, तथा मदन राई रहेको पनि गाउँपालिका अध्यक्ष राईले जानकारी दिए ।

उनीहरु राजधानी काठमाडौंबाट रोल्पा हुँदै बाँफिकोट (पश्चिम) पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्