चट्याङ लागेर मृत्यु



१० वैशाख २०७७, काठमाडौं

गलकोट नगरपालिका १ दुदिलाभाटी टोड्केमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ ।

मंगलबार दिउँसो परेको चट्याङबाट अन्दाजी ६० वर्षीया बिजुली खत्रीको मृत्यु भएको त्यहाँका वडाध्यक्ष नेत्रबहादुर बुढाथोकीले बताए ।

चट्याङबाट कुनै भौतिक क्षति भने नभएको वडाध्यक्ष बुढाथोकीले बताए । जिल्लामा पछिल्ला केही दिन लगातार जसो चट्याङका घटना भइरहेका छन् ।

गत साता पनि चट्याङ लागेर बागलुङ नगरपालिकामा एक युवाको ज्यान गएको थियो ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्