नेपालमा कोरोनाको ‘केन्द्रबिन्दु’ उदयपुर जिल्ला सिल



१० बैशाख २०७७, काठमाडौं

कोरोनाभाइरस संक्रमितको संख्या २४ पुगेपछि उदयपुर जिल्लाका नाकाहरु सिल गरिएको छ । जिल्ला कोरोनाभाइरस संक्रमणको हटस्पट बनेसँगै अन्य जिल्लामा संक्रमण फैलन नदिन प्रदेश १ सरकारले जिल्लालाई सिल गर्ने निर्णय गरेको हो ।

उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा बसेकामा संक्रमण पुष्ट भएको हो । नेपाली सेनाको सहयोगमा मस्जिद वरपर रहेको बस्तीमा थ्रोट स्वाबको नमुना संकलन गरी परीक्षण भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले लकडाउन सुरु भएयता देखि नै जिल्ला सिल नै जस्तै अवस्थामा रहेको बताउँदै संक्रमित भेटिएपछि यसमा थप निगरानी बढाइएको बताए । संक्रमित भेटिएको गाउँ र आसपासका क्षेत्रलाई यसअघि नै सिल गरिएको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्