ओलीले चाल्ने कदमबाट सचेत रहँदै पार्टी एकतालाई सुढृढ गर्ने दिशामै भूमिका खेल्न अध्यक्ष दाहाललाई सुझाव



१० बैशाख २०७७, काठमाडौं

सत्तारुढ दल नेकपाभित्रका पूर्व माओवादी धारका नेताहरूले पार्टीमा गम्भिर संकट देखा परेको भन्दै सुढृढ पार्टी एकताको पहल लिन अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन्। राजनीतिक अस्थिरतालाई स्वीकार गर्ने गरी पार्टी विभाजन गर्दा पार्टी वा संसदीय दलमध्ये एकमा ४० प्रतिशत सदस्य संख्या पुर्‍याए पुग्ने गरी राजनीतिक दल सम्बन्धी ऐन संसोधन गर्ने अध्यादेश र संवैधानिक परिषद् (काम, कर्तब्य , अधिकार र कार्य्विधि) सम्बन्धी ऐन संसोधन गर्ने अध्यादेश प्रधानमन्त्री केपी ओलीले पार्टी्भित्र छलफल नै नगराई ल्याएपछि नेकपाभित्र नेताहरूबीच कित्ताकाट र धुव्रिकरण बढेको छ।

जसकाकारण सत्तासिन दल नेकपा विभाजनसम्म पुग्नसक्ने आशंका हुन थालेपछि दाहाललाई पार्टी नेताहरूले त्यस्तो आग्रह गरेका हुन्। विश्वव्यापी महामारीको रूप लिएको कोरोनाविरुद्ध मुलुक लकडाउनमा रहेको र आफू पक्षधर नेताहरूको संयुक्त छलफल चलाउँदा गुटबन्दीको आरोप लाग्ने देखिएपछि अध्यक्ष दाहालले आफू निकट नेताहरूसँग विकसित राजनीतिक घटनाक्रममा विषयमा अलग–अलग छलफल मंगलबार दिनभर जसो गरिरहे। आफ्नै निवास खुमलटारमा दाहालले मंगलबार स्थायी समिति सदस्यहरू देवेन्द्र पौडेल, देव गुरुङ, वर्षमान पुन, जर्नादन शर्मा, केन्द्रीय सदस्य ओनसरी घर्तीलगायतका नेताहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए।

दाहालसँग अलग–अलग भेट गरेको नेताहरूले प्रधानमन्त्री ओलीले चाल्ने आगामी कदमबाट सचेत र सजग रहँदै पार्टी एकतालाई सुढृढ गर्ने दिशामै अध्यक्ष दाहाललाई भूमिका खेल्न सुझाएका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्