‘लकडाउन’मा खान र बस्नको समस्याले कसैले काठमाडौं छाड्नु पर्दैन : नेकपा काठमाडौं



०९ बैशाख २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कार्यालय काठमाडौंले ‘खान  बस्नको समस्याले कसैले पनि काठमाडौं छाड्न पर्दैन’ भनी श्रमिकहरुमा अपिल जारी गरेको छ ।

अपिलमा ‘श्रमिकहरुलाई आफू जहाँ बसिरहेको हो त्यही रहिरहन अनुरोध गर्दै खान बस्नको समस्या भए वडाका जनप्रतिनिधि, मेयर, उपमेयर, जिल्ला समन्वयका प्रमुख, उपप्रमुख, सदस्य प्रदेश तथा संघीय सांसदहरुको सम्पर्कमा पुग्नुहोस्’ भनिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कार्यालय काठमाडौंले आवश्यक परेमा नेकपाको जिल्ला, नगर र वडा कमिटीहरु समन्वय गर्न तयार रहेको बताउँदै सम्पर्क गर्ने ब्यक्तिको नाम र नम्बरहरु उपलब्ध गराएको छ ।

नेकपा जिल्ला कार्यालय काठमाडौंद्वारा जारी अपिल : 

 

प्रतिक्रिया दिनुहोस्